समाज


पश्चिमबाट सरेर पानी पार्ने प्रणाली काठमाडौं आइपुग्यो, हावाहुरीसहित वर्षा हुने सम्भावना

पश्चिमबाट सरेर पानी पार्ने प्रणाली काठमाडौं आइपुग्यो, हावाहुरीसहित वर्षा हुने सम्भावना

नेपालखबर
जेठ ११, २०७७ आइतबार १३:२१,

अहिले (आइतबार) साँझ काठमाडौं उपपत्यकासहित आसपासका क्षेत्रमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुुसार अहिले काठमाडौं उपत्यकामा मौसम बदली भइसकेको छ। ‘अब केही बेरमा हावाहुरीसहित वर्षा हुने सम्भवाना छ,’ उनले भने, ‘यो धेरै बेरको त हुने देखिन्न तर चट्याङ, हावाहुरीबाट जोगिन जरुरी छ।’

मौसम पूर्वानुमान महाशाखाले पनि केही बेरअघि सूचना जारी गरेको छः कास्की, पर्वतआसपास बनेको प्रणाली फैलिँदै पूर्वतिर सर्ने क्रममा हाल चितवन, नवलपरासी, काठमाडौं र आसपासमा रहेको छ। यो प्रणालीले हावाहुरीसहित हल्का क्षणिक वर्षासमेत गराइरहेको छ। मेघगगर्जन समेतको सम्भावना रहेकाले सामान्य सतर्क रहौं।

माैसमविद्का अनुसार यो प्रणाली स्थानीय वायुबाट विकसित हो। जसले हावाहुरी आउने र चट्याङ पर्ने सम्भावना बढाउँछ।

आज यस वर्षकै उच्च तापक्रम
आज (आइतबार) यस वर्षकै उच्च तापक्रम देखिएको मौसमविद्ले बताएका छन्।

मौसमविद् वरुण पौडेलका अनुसार आज सबैभन्दा बढी तापक्रम धनगढीमा भएको छ, त्यहाँ आजको अधिकतम तापक्रम ४०.१ डिग्री सेल्सियस पुगेको हो।

यस्तै दिपायलमा पनि आज अधिकतम तापक्रम ४० डिग्री पुगेको छ भने काठमाडौं उपत्यकामा समेत आज अधिकतम तापक्रम ३१.८ डिग्री पुगेको मौसम पूर्वानुमान महाशाखाको रेकर्डले देखाएको छ।

‘आज देशभरै तापक्रम बढेको छ,’ मौसमविद् पौडेलले भने, ‘यो यस वर्षकै उच्च तापक्रम हो।’

केही दिनयता पानी पर्न कम तथा दिनभर घाम लागेकाले तापक्रम बढेको उनले बताए।

गर्मी बढेपछि तराई क्षेत्रकाे जनजीवन प्रभावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .