भारतीय ह्याकरले ह्यक गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वेबसाइट ह्यकरको पहुँच बाहिर आएको छ।
‘घोष्ट०५७–५पि३सी७०६’ नामको ह्याकरले साइट ह्याक गरी भारतीय झन्डा राखेको थियो।
प्राधिकरणका प्रवक्ता राज कुमार क्षेत्रीले वेबसाइट ह्याकरको नियन्त्रणबाट बाहिर आएको बताएका छन्। ‘ह्यक गरेका थिए तर हाम्रो डाटामा हानी भएको छैन’ क्षेत्रीले भने, ‘फेरि ह्याक नगरून भन्नको लागि अहिले साइट डाउन गरेर काम भैरहेको छ।’
नेपाल भारत सीमा विवादका कारण साईबर हमला बढेको छ। भारतीय ह्याकर र नेपाली ह्याकरले एक अर्को देशका साइट ह्याक गर्ने काम गरिरहेका छन्।

प्रतिक्रिया