चिकित्सा शिक्षा आयोगले मेडिकल तथा डेन्टल विषयका स्नातकत विद्यार्थीहरूलाई तोकिए बमोजिम इन्टर्नसिप भत्तादिन विश्वविद्यालय र प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।
आयोगले आज सूचना जारी गर्दै अस्पतालमा सेवा पुर्याएए वापत प्रदान गर्दै आएको भत्ता सरहनै समान रुपमा इन्टर्नसिप भत्ता दिन निर्देशन दिएको हो।
कतिपय मेडिकल कलेजको इन्टर्नसिप रकम न्यून गरेको गुनासो आएको भन्दै आयोगले अस्पतालमा सेवा पुर्याए वापत प्रदान गर्दै आएको भत्ता समान रूपमा दिन र सो को जानकारी आयोगमा गराउन भनेको छ।
एमबीबीएस र बीडीएस अध्ययनपछि मेडिकल कलेजको अस्पतालमा १ वर्ष इन्टर्नसिप गर्नुपर्ने प्रावधान छ। तर मेडिकल कलेजले निकै न्यून भत्ता दिने गरेको विद्यार्थीहरूले गुनासो गर्दै आएका छन्।

54
Shares

प्रतिक्रिया