फेसबुकमा अपशब्द र नकारात्मक टिप्पणी गरेको भन्दै साइबर ब्युरोले सोमबार एक जनालाई पक्राउ गरेको छ।
महिलाको तस्बिर दुरुपयोग गरी फेसबुकमा पोस्ट भएको तस्बिरमा अपशब्द कमेन्ट गरेको भन्दै ब्युरोले चन्द्रागिरि-११, सतुंगलका ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई पक्राउ गरेको हो।
उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
30
Shares

प्रतिक्रिया