मगर समुदायको भूम्या (भूमे) पर्व सोमबारदेखि सुरु भएको छ।
भूमिको पूजा गरी मनाइने यो पर्व सोमबारदेखि सुरु भएको हो।
रिडी नदी पश्चिम क्षेत्रका मगर समुदायले जेठ मसान्तदेखि असार ५ गतेसम्म मनाउने गर्छन् भने काठमाडौंमा ३ गतेसम्म मनाइन्छ।
नेपाल मगर संघले बुधबार काठमाडौँमा भूम्याको आयोजनामा विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउन लागेको छ।
मगर समुदायले प्राकृतिक प्रकोपहरू नलागोस्, अन्न उब्जनी राम्रो होस्, रोगब्याधी नलागोस् भनी आफू बसोवास गर्ने भूमिको पूजा गरी यो पर्व मनाउने प्रचलन रहिआएको छ।
24
Shares

प्रतिक्रिया