समाज


शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजान्छौँ: शिक्षामन्त्री पोखरेल

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै लैजान्छौँ: शिक्षामन्त्री पोखरेल

नेपालखबर
असार ४, २०८३ बिहिबार १२:५२, काठमाडौँ

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्दै लैजान प्रतिवद्ध रहेको बताएका छन्। 

बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदले सोधेका प्रश्नको उत्तर दिने क्रममा मन्त्री पोखरेलले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्दै लैजाने लक्ष्य लिएको र सोहीअनुसार आगामी आर्थिक वर्षको बजेटमा पनि आवश्यक व्यवस्था मिलाइएको बताए। विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उनको भनाइ थियो। 

‘वर्तमान सरकारको शिक्षा तथा स्वास्थ्यमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धता अनुरुप आगामी आर्थिक वर्षमा शिक्षामा लगानी वद्धि गर्दै लगिनेछ,’ पोखरेलले भने, ‘विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षामा लगानी गर्नका लागि स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेशन लर्निङसँग सम्बन्धि क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको छ।’

विद्यालय तहदेखि नै स्मार्ट बोर्डको व्यवस्थापन, आधारभूत तहको सिकाई उपलब्धिमा वृद्धि गर्नका लागि फाउन्डेसन लर्निङसँग सम्बन्धी क्रियाकलाप र शिक्षाको क्षमता विकासका लागि समेत बजेट विनियोजन गरिएको मन्त्री पोखरेलले बताए। 

‘आगामी वर्षका लागि विद्यालय पूर्वाधारमा १० अर्ब ४५ करोड २४ लाख चार हजार विनियोजन गरिएको छ,’ उनले भने, ‘शिक्षा क्षेत्रको सुधारका लागि गरिने सबै क्रियाकलापका लागि बजेटको आवश्यक्ता पनि हुँदैन।’

मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा पुँजीगत खर्च कम हुने तथ्यतर्फ पनि सांसदको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad