आज (आइतबार) पनि देशका पूर्वदेखि पश्चिमसम्मै पहाड तथा तराईका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका मध्य तथा पूर्वी पहाडीसहित पूर्वी तराईका केही स्थान र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षाको सम्भावना छ।
यस्तै राति पनि मध्य तथा पूर्वी भूभागका केही र पश्चिमी पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन्।
महाशाखाका अनुसार हाल देशको पूर्वी क्षेत्रमा भारतको पश्चिम बंगाल र बंगलादेशआसपास रहेको निम्न चापीय प्रणालीको प्रभाव छ भने अन्य स्थानमा स्थानीय वायुको प्रभाव छ।
साेही कारण देशका विभिन्न स्थानमा माैसम बदली भएकाे हाे।
प्रतिक्रिया