काठमाडौँ उपत्यकामा गएरातिदेखि नै मौसम बदली र वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलका अनुसार अहिले पनि काठमाडौँ उपत्यकाका कतै कतै पानी पर्ने क्रम जारी छ।
‘आज काठमाडौँ उपत्यकामा मौसम खुलिहाले पनि फेरि बदली हुने र थप वर्षा हुने सम्भावना छ’, उनले शुक्रबार बिहान नेपालखबरसँग भनिन्।
मौसमविद् पोखरेलका अनुसार आज काठमाडौँ उपत्यकामा मध्यमसम्म वर्षा हुने सम्भावना छ।
‘विगत ३ घण्टामा काठमाडौँ उपत्यकाका धेरै ठाउँमा हल्का वर्षा भएको छ’, उनले आज बिहान ७:४५ बजेतिर भनिन्, ‘फेरि दिउँसो मध्यमसम्म वर्षा हुने सम्भावना छ।’
279
Shares

प्रतिक्रिया