समाज


हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले

नेपालखबर
जेठ २२, २०८३ शुक्रबार १३:२०, काठमाडौँ

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी एसएसपी सुरेश काफ्लेले पाएका छन्।

यसअघि गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री वालेन्द्र शाहले शान्तिराज कोइरालालाई सरुवा गर्ने निर्णय गरे पनि उक्त सरुवा विवादमा परेको थियो। 

विवादकै कारण कोइरालालाई प्रहरी प्रधान कार्यालय लगेर त्यहाँ कार्यरत एसएसपी काफ्लेलाई काजमा उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाउने निर्णय भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

जेठ १८ गते भएको ३३ जना एसएसपीको सरुवामा काफ्ले परेका थिएनन्। कोइरालालाई भने नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्ज (हाल जनकपुर) बाट ट्राफिक प्रमुखमा सरुवा गरिएको थियो। तर उनलाई यसअघि पनि इन्चार्ज नै दिइएको भन्दै विरोध भएको थियो। विरोधपछि कोइरालाको सरुवा बदलिएको हो। 

यसअघि यहाँ कार्यरत नवराज अधिकारीलाई साइबर ब्युरो भोटाहिटी सरुवा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad