समाज


स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम छुट्याउन माग

स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत रकम छुट्याउन माग

नेपालखबर
जेठ १४, २०८३ बिहिबार १७:३०, काठमाडौँ

नेपाल चिकित्सक संघले कुल बजेटको १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा विनियोजन गर्न माग गरेको छ। 

आज (बिहीबार) एक प्रेस विज्ञप्ति जारी गर्दै संघले विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम कम्तीमा पनि १० प्रतिशत बजेट छुट्याउन माग गरेको हो। 

आगामी बजेटका लागि संघले ६ वटा संशोधन आवश्यक रहेको जनाएको छ।

विज्ञप्तिअनुसार सार्क मुलुकमा नेपाली चिकित्सक एवं स्वास्थ्यकर्मीले न्यून सेवासुविधामा काम गरेको र चिकित्सक अध्ययनको समय अरु स्नातकभन्दा करिब दोब्बर समय लाग्ने भएकाले अन्य मुलुकमा जस्तै प्रथम श्रेणीमा नियुक्त हुने व्यवस्था बजेटमार्फत् सुनिश्चित गरिनु पर्ने, लोकसेवा आयोगमार्फत् तत्कालै चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी अनिवार्य थप गर्ने र स्वास्थ्य सेवाको दीर्घकालीन समाधानका लागि चिकित्सा सेवा आयोग र चिकित्सा सेवा ऐनको निर्माण गर्न आवश्यक बजेट छुट्याउने, अतिरिक्त आम्दानीलाई पटके आम्दानी मानेर १५ प्रतिशत टीडीएसनै अन्तिम कर हुने व्यवस्था गर्नेलगायत माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad