समाज


अब हाेटल र रिसाेर्टलाई क्वारेन्टिन बनाउनुपर्छ: राज्यमन्त्री मानन्धर

अब हाेटल र रिसाेर्टलाई क्वारेन्टिन बनाउनुपर्छ: राज्यमन्त्री मानन्धर

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १२:६,

खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या देखिएको छ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढिरहेका बेला खुला सीमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिँदा व्यवस्थापनमा समस्या देखिएको हो। स्थानीय तहहरुले निश्चित क्वारेन्टिन व्यवस्थापन गरेपनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताए। नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टिनमै व्यवस्थापन गर्ने समझदारी बनेपनि त्यसो हुन नसक्दा चुनौती थपिएको उनले बताए।

शहरी विकास मन्त्रालयमा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन मापदण्डका विषयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटल तथा रिसोर्टहरुलाई क्वारेन्टिनका रुपमा व्यवस्थापन गर्न सकिने बताए। प्रधानमन्त्रीलाई वैशाख ७ गते नै उक्त सुझाव बुझाइएको उल्लेख गर्दै उनले विदेशबाट आउने नागरिकहरुको उचित व्यवस्थापन गर्न होटलहरुलाई क्वारेन्टिनका रुपमा व्यवस्थापन गर्नुपर्ने बताए। खालि रहेका होटलहरुलाई निश्चित रकम तिरेर भएपनि जीवनरक्षाका लागि प्रयोग गर्न सकिने उनले बताए।

गृहमन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले होटल तथा लजहरुलाई पहिलो प्राथमिकतामा राखेर क्वारेन्टिन निर्माण गर्नुपर्ने बताइन्। होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरुलाई पनि क्वारेन्टिनका रुपमा विकास गर्न सके सहज हुने उनले बताइन्। निश्चित रकम तिरेर भएपनि क्वारेन्टिनमा बस्छु भन्ने र पैसा तिर्न नसक्ने सम्भावित संक्रमितहरुलाई वर्गिकरण गरेर अगाडि बढ्नुपर्ने सुझाव उनले दिइन्। अवस्था भयावह भए क्वारेन्टिन निर्माणका लागि खुला मैदानको पहिचान गरी अन्तरमन्त्रालय समन्वय गर्नुपर्ने उनले बताइन्।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धेरै ठाउँमा खानेपानीको समस्या रहेको बताए। उपत्यका बाहिरका अधिकांश क्वारेन्टिनहरुमा सञ्चार सुविका व्यवस्थापन नहुँदा मान्छेहरु डराउने, एक्लोपन महसुस गर्ने समस्या देखिएको र भाग्ने गरेका घटना देखिने गरेको उनले बताए। उनले बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पनि आग्रह गरे।

विदेशबाट आउन चाहने नागरिकहरुको तथ्यांक परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाव पनि बैठकमा सहभागिहरुले दिएका छन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका व्यक्तिहरुको तथ्यांक एकिन गरेर क्वारेन्टिनलाई व्यवस्थापन गर्नुपर्ने सुझाव सहभागीहरुको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad