कारोबार


सोमबारदेखि भारतमा घरेलु उडान सुचारु हुँदै

सोमबारदेखि भारतमा घरेलु उडान सुचारु हुँदै

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १२:०,

दुई महिनाको लकडाउनपछि भारतमा घरेलु उडान सुचारु हुन लागेको हो।

विमान चढ्ने यात्रुले कोरोनाविरुद्ध सरकारले सुझाएको उपाय भने अबलम्ब गर्नुपर्नेछ।

भारतका नागरिक उड्डयन मन्त्री हारदिप सिंह पुरीले सबै विमानस्थल र एयरलाइन्सलाई सरकारले आवश्यक तयारी गर्न निर्देशन दिइसकेको बिहीबार जनाएका छन्।

भारतले गत मार्चदेखि लकडाउन जारी गरेको छ। त्यो भन्दा अगाडि नै भारतले सबै देशका नागरिकलाई आफ्नो देशमा भ्रमण प्रतिबन्ध लगाएको थियो।

गतहप्ता भारतका विभिन्न स्थानमा रेल रेवा सुचारु भएको थियो। हाल घरेलु उडानहरु सुचारु हुने भएका हुन्।

विमान चढ्न अगाडि यात्रुको थर्मल स्क्रिनिङ हुनेछ भने सबै यात्रुले सरकारले सार्वजनिक गरेको कनट्याक्ट ट्रेसिङ एप डाउनलोड गर्नुपर्नेछ।

उनीहरुले मास्क अनिवार्य लगाउनुपर्नेछ भने क्याबिन क्रुका कर्चचारीले पीपीई लगाउनुपर्नेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad