समाज


रौतहटमा प्रहरी देख्नेबित्तिकै फरार व्यक्तिको झोलाभित्र १० लाख भेटिएपछि छक्क!

रौतहटमा प्रहरी देख्नेबित्तिकै फरार व्यक्तिको झोलाभित्र १० लाख भेटिएपछि छक्क!

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ११:५६,

रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ९, डिमुरिया भन्ने स्थानमा बिहीबार बिहान आफूलाई देख्नेबित्तिकै भागेका व्यक्तिको भोलाभित्र १० लाखभन्दा बढी रकम भेटिएपछि प्रहरी छक्क परेको छ।

रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) रविराज खड्काका अनुसार ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई सवार ती व्यक्ति गस्तीमा रहेको प्रहरी टोलीलाई देख्नेबित्तिकै झोलासहित मोटरसाइकल छाडेर भागेका हुन्। त्यो झोला खोलेर हेर्दा भित्र १० लाख ५ हजार रुपैयाँ फेला परेको हो।

फरार व्यक्ति खोज्ने क्रममा एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको एसपी खड्काले नेपालखबरलाई जानकारी दिए।

‘ती भाग्ने व्यक्ति नैै हुन् भन्ने हामीलाई लागेको छ,’ बिहीबार अपराह्न एसपी खड्काले टेलिफोनमा भने, ‘त्यत्रो पैसा कहाँबाट किन ल्याए र प्रहरीलाई देख्नेबित्तिकै भाग्नाको कारण के हो, यसबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको छ।’

अहिले यसभन्दा बढी कुरा नखुलेको उनले बताए। ‘अहिलेलाई यत्ति मात्रै भन्न सक्छौं,’ उनले भने, ‘के कसो भन्ने बाँकी कुरा हामी अनुसन्धान गर्दै छौं। अहिले धेरै कुरा भन्न मिल्दैन।’

अहिले बरामद रकम, मोटरसाइकल तथा पक्राउ परेका व्यक्ति रौतहट जिल्ला प्रहरी कार्यालयकै नियन्त्रणमा रहेको एसपी खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad