ad ad

समाज


चर्चित रेस्लर सा ग्यासपार्ड समुद्री तटमा मृत फेला

चर्चित रेस्लर सा ग्यासपार्ड समुद्री तटमा मृत फेला

नेपालखबर
जेठ ८, २०७७ बिहिबार १०:३७,

गत आइतबार समुद्रमा पौडी खेल्न गएका पूर्व चर्चित रेस्लर ग्यासपार्ड बेपत्ता भएका थिए।

भेनिस समुद्री तटमा उनको मृत शरीर फेला परेको सीएनएनले जनाएको छ।

३९ वर्षका ग्यासपार्ड आफ्ना १० वर्षको छोरासँग समुद्रमा पौडी खेल्न गएका थिए।

कोरोना प्रकोपबीच हाल अमेरिकामा समुद्रको किनार सर्वसाधारणको लागि खुला गरिएको छ। यसबीचमा उनी समुद्र गएका थिए।

सन् २००६ मा वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्टमा आवद्ध भएका उनी सन् २०१० पछि अभिनयमा लागेका थिए।

उनले ‘थिंक लाइक अ म्यान टु’ र ‘द लास्ट सार्क्यान्डोः इट्स अबाउट टाइम’ चलचित्रमा काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .