काठमाडाैँकाे टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन्।
अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले आरोग्य फाउन्डेसनमा कार्यरत भक्तपुरकी नर्ससहित ४ जना बुधबार डिस्चार्ज भएको बताए।
‘४ जना आज डिस्चार्ज हुनुभएको छ। अब अस्पतालमा एक जनामात्रै बाँकी रहनुभयो’ राजभण्डारीले नेपालखबरसँग भने।
गत बैशाख ३१ गते इटहरीबाट फर्किएकी पुल्चोकस्थित कार्यरत आरोग्य फाउन्डेसनकी नर्समा संक्रमण भेटिएको थियो। सबैको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
योसँगै नेपालमा डिस्चार्ज हुनेहरुको संख्या ४९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयले पनि टेकु अस्पतालमा उपचाररत चार संक्रमित निको भएर फर्केको जानकारी दिएको छ।
प्रतिक्रिया