समाज


झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो, कचनकवलमा मात्रै २५

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो, कचनकवलमा मात्रै २५

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ६:४२,

झापामा कोराना भाइरसको संक्रमण देखिएका व्यक्तिको संख्या २७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ संक्रमित थपिएको जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको जनाइएको छ। योसँगै कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या २५ पुगेको छ।

भारतका विभिन्न स्थानबाट मंगलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको आज बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो। पालिकामा संक्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ। भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ। यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ। उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन्।

यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो। बिर्तामोड नगरपालिकाले कोरोना भाइसकको संक्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad