समाज


ताप्लेजुङमा गस्तीबाट फर्कंदै गरेका असईको बाटोमै मृत्यु

ताप्लेजुङमा गस्तीबाट फर्कंदै गरेका असईको बाटोमै मृत्यु

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ६:२३,

ताप्लेजुङमा झगडा मिलाएर फर्कने क्रममा प्रहरी सहायक निरीक्षक (असई)को बाटोमै मृत्यु भएको छ।

सिरिजंघा गाउँपालिका ६ खेवाङस्थित प्रहरी चौकीका इन्चार्जसमेत रहेका असई बालकुमार राई गस्तीबाट फर्किने क्रममा बेहोस भएको र उनको मृत्यु भएको ताप्लेजुङका डीएसपी महेन्द्र कुमार श्रेष्ठले बताए।

सिरिजंघा गाउँपालिका– ५ शुरुम्बखिममा स्थानीयको झगडा मिलाउन गएका उनी फर्किंदै गर्दा याम्फुदिनमा बेहोस भएका थिए।

उनीहरुले स्थानीयकोमा भीरमौरीको मह खाएको पाइए पनि मृत्युको कारण भने यही हो भन्न सक्ने अवस्था नरहेको डीएसपी श्रेष्ठले बताए।

‘गाउँमा झगडा मिलाएर फर्कंदै गर्दा प्रहरी सहायक निरीक्षकको बाटैमा मृत्यु भएको छ’, नेपालखबरसँग कुरा गर्दै डीएसपी श्रेष्ठले भने, ‘बोहोसपछि मृत्यु भएको भन्ने छ, मृत्युको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन।’ उनले असई राईले आफूलाई हिँड्न र स्वास फेर्न गाह्रो भएको बताएको जानकारी दिए।

अहिले जिल्ला प्रहरी कार्यालयबाट डीएसपी श्रेष्ठसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad