समाज


राशिफल ९ जेठ: मिथुनको प्रेम सम्बन्ध मधुर बन्ने, मकरले चिताएको पूरा हुने, तपाईँको के?

राशिफल ९ जेठ: मिथुनको प्रेम सम्बन्ध मधुर बन्ने, मकरले चिताएको पूरा हुने, तपाईँको के?

ज्यो. मेनुका दाहाल
जेठ ९, २०८३ शनिबार ४:४४, काठमाडौँ

शनिबार, ९ जेठ २०८३ (२२ मे २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: पढाइलेखाइमा ध्यान दिन नसकिएला। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सामाजिक कामको दायित्त्व बढ्नेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ।

भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४१, वैदेशिक कार्यमा ७९ र शिक्षामा ३१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३७ र सम्पूर्ण भाग्याङ्क ५१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

वृष: बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। मन पर्ने वस्त्र उपहार पाइनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। मन्त्र- विवेक र लगनले सफलता आफैँ बोलाउँछ।

भाग्यशाली रङ घ्यू रङ र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मिथुन: छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। नोकरी गर्नेले मानसम्मान पाउने छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गमा मधुरता छाउनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ निलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ६२ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

कर्कट: धार्मिक कार्य सफल रहनेछ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम पाइने योग छ। प्रेम सम्बन्ध कसिलो होला। वैदेशिक क्षेत्रको कामबाट लाभ मिल्नेछ। मन्त्र- कर्मशीलता नै सबैभन्दा ठूलो पूँजी हो।

भाग्यशाली रङ पर्पल र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

सिंह: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। परिश्रमअनुसार उपलब्धि राम्रै मिल्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ। मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। 

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वपूर्ण अवसर गुम्न सक्छ। सामान हराउने योग छ। मन मिल्ने साथीको सहयोग मिल्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

मकर: चिताएको कामले तीव्रता लिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढेर जानेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग देखिन्छ।

भाग्यशाली रङ पहेँलो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कुम्भ: भोजभतेरमा सहभागी भइनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। स्थानान्तरण र टाढा यात्राको सम्भावना छ। कसै-कसैका लागि सन्तान सुखको योग छ।

भाग्यशाली रङ आकासे र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मीन: सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पढाइमा गहिरो ध्यान र आत्मविश्वास बढ्ने दिन छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। पेसा-व्यवसायबाट फाइदा हुनेछ।

भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाव लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad