समाज


भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ३:१६,

काठमाडौं उपत्यकामा बिहीबार बिहान भूकम्प गएको छ। भक्तपुर केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

बिहीबार बिहान ८ बजेर १४ मिनेट जाँदा भक्तपुरको अनन्तलिंगेश्वर आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यो नयाँ भूकम्प नभएर ०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ।

आज बिहान गएको भूकम्पको धक्का भक्तपुरसँगै काठमाडौं उपत्यका आसपासका जिल्लाहरुमासमेत महशुस गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad