छापा खबर


नेपालमा १३ सुरक्षाकर्मी कोरोना संक्रमित

नेपालमा १३ सुरक्षाकर्मी कोरोना संक्रमित

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ३:३५,

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी नायब निरीक्षक र ट्राफिक प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। चार दिनअघि मात्रै उनीहरूको स्वाब संकलन गरिएको थियो।

योसँगै नेपालमा १३ जना सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दुई सुरक्षाकर्मीमा कोरोना देखिएसँगै वृत्त र ट्राफिक प्रहरी प्रभागमा कार्यरत एक सय ४५ जना सुरक्षाकर्मीलाई आइसोलेसनमा राखिएको छ।

संक्रमित दुई सुरक्षाकर्मी सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि राखिएको छ। कालिमाटी वृत्त र ट्राफिक प्रभाग मातहतका सबै प्रभाग र बिट सिल गरिएको छ। त्यहाँ काम गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी मुख्यालयबाट सुरक्षाकर्मी परिचालित छन्।

यसअघि नेपाली सेनाको मध्यपूर्वी पृतनापति एवं उपरथी र सैनिक जवानलाई कोरोना संक्रमण भएको थियो। यससँगै हालसम्म पूर्वगृहमन्त्री भीम रावलका पूर्व पीएसओसहित सशस्त्र प्रहरीका तीन, नेपाल प्रहरीका सात र राष्ट्रिय अनुसन्धान विभागका एक जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको गृह मन्त्रालयले जनाएको छ।

अग्रपंक्तिमा सुरक्षा निकाय नै खटिने भएकाले जोखिम बढ्न नदिन ड्युटीमा खटिँदा संवेदनशील भएर काम गर्ने सबैलाई एलर्ट गरिएको जानकारी ज्ञवालीले दिए।

ज्ञवालीले उपत्यकाको कालिमाटी वृत्तमा दुई जनालाई कोरोना संक्रमण देखिएसँगै प्रहरीका सकल दर्जा सबैलाई एलर्ट रहन निर्देशन दिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad