समाज


बुधबार अहिलेसम्मकै धेरै संक्रमित थपिए, कोरोना अन्त्य हुन गाह्रो देखिन्छः डब्लूएचओ

बुधबार अहिलेसम्मकै धेरै संक्रमित थपिए, कोरोना अन्त्य हुन गाह्रो देखिन्छः डब्लूएचओ

नेपालखबर
जेठ ८, २०७७ बिहिबार ३:२,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरसको संक्रमण झनझन् बढेकाे भन्दै यो महामारी अन्त्य हुन निकै लामो समय लाग्ने देखिएकाे बताएको छ।

बुधबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको डब्लूएचओले जनाएको छ। उसका अनुसार पछिल्लो २४ घण्टामा विश्वका १ लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

यसकारण कोरोना भाइरसको महामारी अन्त्य हुन निकै समय लाग्ने देखिएको डब्लूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले बताएका हुन्। 

‘पछिल्लो २४ घण्टामा डब्लूएचओलाई प्राप्त तथ्यांकअनुासर विश्वमा १ लाख ६ हजार नयाँ केस थपिएका छन्, यो एकै दिन थपिएको संक्रमितको संख्या अहिलेसम्मकै धेरै हो,’ बुधबारको पत्रकार सम्मेलनमा डा. टेडरोजले भने, ‘झण्डै दुईतिहाइ केस त मात्रै चार देशका हुन्।’

उनका अनुसार पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशमा कोरोना संक्रमण बढ्दै गएको छ।

विश्वभमा दुई हप्तामै झण्डै १० लाख संक्रमित थपिएकाे  डब्लूएचओले जनाएकाे छ। 

अझ विज्ञहरूले धेरै देशमा पर्याप्त परीक्षण नभएकाले अहिलेकाे  तथ्यांकमा सबै समेटिन नसकेकाे र संक्रमितको वास्तविक संख्या योभन्दा धेरै हुन सक्ने अनुमान गरेका छन्।

कोरोना भाइरसबाट अहिले विश्वमा सबैभन्दा बढी अमेरिका पीडित छ। त्यहाँ अहिलेसम्म १५ लाख ५० हजारभन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् भने ९३ हजार ४ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

यस्तै रुसमा संक्रमितको संख्या ३ लाख ८ हजार तथा ब्राजिलमा २ लाख ९१ हजारभन्दा बढी पुगेको छ।

यस्तै बेलायतमा ३५ हजार ७ सय ८६, इटालीमा ३२ हजार ३ सय ३०, फ्रान्समा २८ हजार १ सय ३५ तथा स्पेनमा २७ हजार ८ सय ८८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।

बिहीबार बिहान ९ बजेसम्म वर्ल्डओमिटरकाे  तथ्यांकअनुसार विश्वभर काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५० लाख ८५ हजार ५ सय पुगेकाे छ। जसमध्ये ३ लाख २९ हजार ७ सय ३१ जनाकाे मृत्यु भएकाे छ भने २० लाख २१ हजार ६ सय ६६ जना भने निकाे भएका छन्।  

याे पनि: 

नेपालमा आज बिहान थपिए १७ कोरोना संक्रमित, कूल संख्या ४४४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad