प्रदेश २ को अस्थायी राजधानी जनकपुर नजीकै बनाइएको प्रादेशिक क्वारेन्टिनलाई सिल गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको छिमेकी नगराइन नगरपालिका ५ गङ्गुलीमा सञ्चालित प्रादेशिक क्वारेन्टिनलाई बुधबारदेखि बन्द गरिएको हो।
क्वारेन्टिनमा बसेका पाँच व्यक्तिमा कोरोना संक्रमण देखिएपछि दुई साताका लागि क्वारेन्टिन सिल गरिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए।
नेपाली सेनाको रेखदेख तथा प्रदेश २ सरकारले सञ्चालन गरेको उक्त क्वारेन्टिनमा शुरुका दिनमा प्रदेश २ का विभिन्न जिल्लाका शंकास्पद बिरामी राखिएका छन्।
अहिले पनि क्वारेन्टिनमा ८१ जना बसेका छन्। उनीहरु धनुषा, महोत्तरी भएका क्वारेन्टिनका इञ्चार्ज सन्तोषकुमार ठाकुरले जानकारी दिए। क्वारेन्टिनमा केही भारतीय पनि छन्।
अब क्वारेन्टिनमा भएका सबैको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरेर हालका सबैलाई खाली गरिने र पुनः स्यानिटाइज गरी नयाँ ढंगबाट क्वारेन्टिन सञ्चालन गरिने इञ्चार्ज ठाकुरले बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले नगराइन नगरपालिकालाई अर्को क्वारेन्टिन सञ्चालन गर्न पत्राचारसमेत गरेको छ।
Shares

प्रतिक्रिया