काठमाडौँको मैतिदेवीमा एक जनामा कोरोना संक्रमण देखिएको छ।
बुधबार संक्रमण पुष्टि भएसँगै ती युवालाई पाटन अस्पताल लगिएको छ।
मैतिदेवीमा डेरा गरी बस्ने दुई युवामध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्का एक जनाको रिपोर्ट आउन बाँकी छ।
कमलपोखरी प्रहरी बृत्तले अहिले त्यो क्षेत्र सिल गरेको छ।
संक्रमित युवा रामेछापको भएको र उनी वैशाख ३० गते रामेछापबाट काठमाडौँ आएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया