जेट इन्जिन उत्पादन गर्दै आएको रोल्स रोयसले ९ हजार रोजगरी कटौती गर्ने घोषणा गरेको छ।
बीबीसीका अनुसार हवाइ उद्योग विश्व महामारीको प्रभावबाट तंग्रिन वर्षौँ लाग्ने भन्दै कम्पनीले उक्त निर्णय गरेको हो।
कम्पनीले विश्वभर रहेका ५२ हजार रोजगारीमध्ये उक्त संख्यामा कटौती हुने जनाएको छ। ९ हजार रोजगारी कटौती गर्दा कम्पनीको ७० करोड पाउन्ड स्टर्लिङ बचत हुनेछ।
वार्षिक रुपमा कम्पनीले १ अर्ब ३० करोड पाउन्ड बचतको लक्ष्य राखेको छ। त्यस्तै कम्पनीले आफ्ना प्लान्टलगायतका क्षेत्रमा पनि खर्च कटौती गर्ने जनाएको छ।

प्रतिक्रिया