नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ।
स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले जानकारी दिए।
वयस्क गैँडा मरेको हो। गैँडाको खाग र खुर भने सुरक्षित छ। शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन।
यस सम्बन्धमा अनुसन्धान भइरहेको छ डिभिजन वन कार्यालयका प्रमुख अघिकारीको भनाइ छ।
39
Shares

प्रतिक्रिया