ad ad

समाज


उपत्यकाको फोहोर व्यवस्थापन क्षेत्रका ४ सय ७२ जनाको कोरोना परीक्षण

उपत्यकाको फोहोर व्यवस्थापन क्षेत्रका ४ सय ७२ जनाको कोरोना परीक्षण

नेपालखबर
जेठ ६, २०७७ मंगलबार १२:८,

काठमाडौंको तारकेश्वर, धादिङको धुनिबेसी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका फोहोर प्रभावित वडामा कोरोना परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल स्यानिटरी ल्याण्डफिल साइटबाट फोहोर प्रभावित क्षेत्रका ४ सय ७२ जना स्थानीयको आज कोरोना परीक्षण गरिएको हो।

काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा परीक्षण गराएको जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रबिलास बज्राचार्यले जानकारी दिए।

महानगरका स्वास्थ्य सहायक ऋषि भुषालकाअनुसार ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीबाट ३ सय २० जना र भवानी माविबाट १ सय ५२ जना गरी ४ सय ७२ जनाको परीक्षण गरिएको हो। यसमध्ये स्वास्थ्य चौकीमा १ सय ४० जनाको आरडीटी र ५० जनाको पीसीआर विधि र भवानी माविबाट १ सय ८० जनाको आरडीटी र १०२ जनाको पीसीआर विधिबाट परीक्षण गराइएको थियो।

‘हामीले फोहोरको अन्तिम व्यवस्थापन हुने सिसडोलको सन्निकट (फोहोर प्रभावित) क्षेत्रका स्थानीयबासीको प्रतिनिधिमुलक परीक्षण गराएका हौं’, वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठले भने, ‘आजको परीक्षणमा नुवाकोटको ककनी गाउँपालिका वडा १, २ र ३ बाट, धादिङ्को धुनिबेँसी नगरपालिकाको वडा १ र काठमाडौंको तारकेश्वर नगरपालिका वडा ३ बाट स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .