ad ad

समाज


गुल्मीका संक्रमित क्रिमसन अस्पतालको भेन्टिलेटरमा

गुल्मीका संक्रमित क्रिमसन अस्पतालको भेन्टिलेटरमा

नेपालखबर
जेठ ५, २०७७ सोमबार १३:२३,

गुल्मीका पहिलो संक्रमित व्यक्तिको अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ।

रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना गरिएका ती बिरामीलाई कोरोना संक्रमण भएको आशंकामा परीक्षण गरिएको थियो।

‘जेठ २ स्वाब संकलन गरेर पठाइएको थियो। आज रिपोर्ट आएको हो,’ क्रिमसन अस्पतालका मनमोहन भट्टराईले भने, ‘अवस्था गम्भीर भएको कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।’

बिरामी भएपछि केही दिन घरमै रहेका उनलाई वैशाख ३१ गते अर्घाखाँचीको सन्धिखर्कस्थित छाया पोलिक्लिनिकमा भर्ना गरिएको थियो। पोलिक्लिकिनमा उपचार हुन नसकेपछि थप उपचारका लागि मणिग्रामको क्रिमसन अस्पतालमा पुर्‍याइएको थियो।

उनलाई एम्बुलेन्समा हालेर वैशाख ३१ गते राति अस्पताल पुर्‍याएको थियो। गुल्मी मदानेस्थित बिरामीको घर र अर्घाखाँचीस्थित पोलिक्लिनिक सिल गरिने प्रहरीले जनाएको छ।

उनी गुल्मीकै एक स्कुलको प्रधानाध्यापक रहेको पनि जनाइएको छ। 

त्यसैगरी उनीसँग सम्पर्कमा पुगेका सबैको परीक्षण पनि गरिने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .