ad ad

कारोबार


व्यवसायिक क्षेत्र मारेर बैंक मात्रै बचाउने निर्णय हुँदैनः गभर्नर अधिकारी

व्यवसायिक क्षेत्र मारेर बैंक मात्रै बचाउने निर्णय हुँदैनः गभर्नर अधिकारी

नेपालखबर
जेठ ५, २०७७ सोमबार १३:२१,

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्य क्षेत्र मारेर बैंक तथा वित्तीय क्षेत्र मात्र जोगाउने पक्षमा राष्ट्र बैंक नरहेको स्पष्ट पारेका छन्।

नेपाल उद्योग परिस‌ंघका पदाधिकारीहरुसँग साेमबार भएको छलफलमा गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्था मात्रै बचाउने र अरु क्षेत्रकाे वेवास्ता गरेर निर्णय नहुने बताए।

उनले बैंकलाई अहिले निक्षेपत्रमा धेरै ब्याज दिएर ऋणको ब्याज घटाउ नभनेको पनि स्पष्ट पारे। अधिकारीले बैंकहरुको लागत कम होस् भनेर संस्थागत निक्षेपकर्ताको ब्याज ७ प्रतिशतमा झार्ने गरी नीतिगत निर्णय गरिएको छलफलमा जानकारी गराए।

राष्ट्र बैंकले प्रकाशित भन्दा बढी ब्याज दिन नपाउने ब्यवस्था गरेको थियो। बैंकहरुले ७ प्रतिशत प्रकाशित गरेर ८ प्रतिशतसम्म दिन पाउँथे। राष्ट्र बैंकको निर्णयले ७ प्रतिशतभन्दा बढाउन नपाइने भएको छ। यसैलाई ब्याज घटाउने उपायमा काम गरिएको भनेर गभर्नरले जानकारी दिएका हुन्।

कोरोनाको असर कम गर्न ऋणीलाई केही राहत दिइएको उनले बताए। तर यसको निरन्तरताले वित्तीय क्षेत्रलाई अप्ठेरो नपरोस् भन्नेमा पनि सचेत रहेको उनले जानकारी दिए। कोरोना पछि अर्थतन्त्रलाई कसरी माथि उठाउने भन्ने विषयमा राष्ट्र बैंक विस्तृत अध्ययन गरिरहेको र उक्त रिर्पोट अनुसार सबैलाई सहयोग पुग्ने गरी नीति निर्देशनहरु अघि बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .