समाज


भारतमा एकै दिन ५ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

भारतमा एकै दिन ५ हजारभन्दा बढीलाई कोरोना संक्रमण, ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो

नेपालखबर
जेठ ५, २०७७ सोमबार १:२०,

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।

भारतमा हिजो पाँच हजार ५० जना नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ अहिलेसम्म संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको वल्डओमिटरले जनाएको छ।

कोरोना संक्रमणबाट अहिलेसम्म भारतमा ३ हजार २५ जनाले ज्यान गुमाइसकेका छन्। आइतबार मात्रै भारतमा १ सय ५४ जनाले ज्यान गुमाएका छन्। संक्रमितमध्ये ३६ हजारभन्दा धेरै उपचारपछि निको भएका छन्।

महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १६ हजार ५ सय १४ पुगेको छ। आइतबार संक्रमणबाट विश्वभर ३ हजार ६ सय १२ जनाले ज्यान गुमाएका छन्।

संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ। आइतबार एकै दिन विश्वभर गरेर ८१ हजार ९ सय ४५ जना नयाँ संक्रमित थपिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad