सरकारले गर्न लागेको सुकुम्बासी व्यवस्थापनमा सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।
शुक्रबार प्रहरीले सूचना जारी गरी सुकुम्बासी र भूमिहीनको उज्ज्वल भविष्य, सुरक्षित बसोबास र सम्मानजक जीवनयापन सुनिश्चित गर्न सरकारले व्यवस्थापन प्रक्रिया सुरु गरेको दाबी गरेको छ। ‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी, भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ,’ प्रहरीले भनेको छ।
वास्तविक सुकुम्बासी एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन सघाउन प्रहरीले आग्रह गरेको हो। सूचनामा भनिएको छ, ‘वास्तविक सुकुम्बासी भूमिहीहरू एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सही सूचना दिई सहयोग गरिदिनहुन हामी विनम्र अनुरोध गर्दछौँं।’

42
Shares

प्रतिक्रिया