राजनीति


सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्छ, दमन होइन: कांग्रेस

सुकुम्बासी समस्याको दीर्घकालीन समाधान हुनुपर्छ, दमन होइन: कांग्रेस

नेपालखबर
बैशाख ११, २०८३ शुक्रबार १६:३९, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छ। 

प्रवक्ता देवराज चालिसेले यो समस्याको समाधान साझा अवधारणा भएको र यसलाई दीर्घकालीन रुपमा हल गरिनुपर्नेमा जोड दिए।

जमिन र आवासको सुविधा हरेक नागरिकले पाउनुपर्ने अधिकारप्रति कांग्रेस दृढ रहेको उनले स्पष्ट पारे। सुकुम्बासी को हो र को होइन भन्ने छुट्याउने काम सरकारको भएको र वास्तविक सुकुम्बासीलाई व्यवस्थित गर्नु सरकारको दायित्व भएको उनको भनाइ छ। 

तर यस्ता समस्या समाधान गर्दा सरकारले दमनको बाटो लिन नहुने उनले चेतावनी दिएका छन्। ‘ड्यु प्रोसेस अफ ल’ (कानूनको उचित प्रक्रिया) अनुसरण गर्नुपर्ने र अदालतको व्याख्यालाई पनि सम्मान गर्नुपर्ने उनले बताए। 

उनले भने, ‘यो विषय अदालतमा पनि उठिसकेको विषय हो धेरै संसदमा पनि छलफल भइसकेको विषय हो। यसरी समाधान गर्नै पर्छ। देशमा भूमिहीन राख्नै पाइँदैन जनताको मौलिक अधिकारको विषय हो यो। भने यो समस्याको समाधान हुन्छ कि जनताको अधिकारको विषय हो त्यसकारण यसलाई को हो को होइन त्यो छुट्याउने काम सरकारको हो। र जो सुकुम्बासी छ त्यसले भूमि पाउनु पर्ने उसको अधिकार हो र कसरी व्यवस्थित गर्ने त्यो सरकारको दायित्व हो।’

‘ह्युमन राइट्स’ र अन्य दृष्टिकोणले पनि विकल्पको साटो सिधै बल प्रयोग गर्नु उचित कदम नभएको प्रवक्ता चालिसेले उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad