कुकुरहरु यतिबेला गैंडा संरक्षणमा निकै अर्थपूर्ण सावित भएको अफ्रिकाका राष्ट्रिय निकुञ्जका अधिकारीहरु बताउँछन्।
कन्जर्भेसन फिल्म कम्पनीका संचालक सिन भिलजियोनका अनुसार उनको कम्पनीबाट प्रशिक्षित कुकुहरु हाल अफ्रिकाका विभिन्न वन्यजन्तु आरक्षणमा खटेका छन्। जसले जनावर तस्करलाई नियन्त्रण गर्न ठूलो भूमिका खेलेको छ।

सन् २०१८ यता कुकुरहरु तस्करविरुद्ध खटाइएपछि हालसम्म ४५ वटा गैंडा तस्करी हुनबाट जोगिएको अनुसन्धानकर्ता जोहान भान ट्राटेन बताउँछन्।
यस्ता प्रशिक्षित कुकुरहरु विश्वभर खटाइए तस्करीमा कमी आउने उनको भनाइ छ। एजेन्सी




प्रतिक्रिया