प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सो प्रदेशमा अहिले भारतबाट आएका १० हजार भन्दा बढि मानिस क्वारेन्टिनमा रहेको बताएका छन्।
‘प्रदेश ५ ले भारतवाट आएका ५२ जिल्लाका वासिन्दालाई क्वारेन्टिनमा राखेको छ। क्वारेन्टिनमा बस्ने कुल संख्या १० हजार माथि र वढ्दो छ,’ मुख्यमन्त्री पोखरेलले आइतबार सामाजिक सञ्जाल ट्विटमार्फत् जानकारी दिएका छन्।
प्रदेश ५ का ठूला नाका रुपन्देहीस्थित सुनौली, कपिलवस्तुको कृष्ण नगर र बाँकेको रुपडियालगायत बिभिन्न ठाउँबाट भारत आवतजावत हुनेगर्छ।
सो संख्या देशभर क्वारेन्टिनमा रहेकाहरुको कुल संख्याको ५० प्रतिशतभन्दा बढि हो।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार देशभर १८ हजार ३ सय ५७ जना मानिस क्वारेन्टिनमा छन्।
मन्त्रालयले आइतबार नै प्रदेश ५ मा ११ जार ९ सय ४८ क्वारेन्टिनमा रहेको जनाएको थियो।
मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६०
जना क्वारेन्टिाइनमा रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टिनमा रहेका छन्।
देशभर २९१ संक्रमित हुँदा प्रदेश ५ मा ११० मा काेराेना पुष्टि भएकाे छ।

प्रतिक्रिया