समाज


धुलिखेलमा पक्राउ परेका ५० भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो

धुलिखेलमा पक्राउ परेका ५० भारतीयलाई सिन्धुपाल्चोक फर्काइयो

नेपालखबर
जेठ ४, २०७७ आइतबार ९:२८,

कन्टेनर भ्यानमा आइतबार बिहान धुलिखेल आइपुगेका ५० भारतीय मजदुरलाई सिन्धुपाल्चोक फर्काइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई बिहान धुलिखलस्थित बस बिसौनी नजिकैबाट नियन्त्रणमा लिएको थियो।

सिन्धुपाल्चोकबाट बिहान ८ बजे धुलिखेल आएका ती भारतीय नागरिकलाई नियन्त्रणमा लिइ मध्याह्नतिर उतै फकाईएको जिल्ला संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताए।

उनका अनुसार ती भारतीय नागरिकलाई धुलिखेलस्थित खेलमैदानमा राखेर सावधानीपूर्वक खाना खुवाएर दुई गाडीमा सिन्धुपाल्चोकतर्फ नै फर्काइएको हो।

भारतीय नागरिक धुलिखेल आइपुगेको विषयमा गृह मन्त्रालयलाई जानकारी गराइ सिन्धुपाल्चोक प्रशासनसँग समन्वय गरी सबैलाई उतै फकाईएको प्रजिअ तिमल्सिनाले बताए। उनका अनुसार ती भारतीय नागरिक विद्युत् प्रसारण लाइनमा काम गर्ने मजदुर हुन्। कन्टेनर भ्यानबाट धुलिखेल आएका भारतीय नागरिकलाई सूचना पाएलगत्तै सुरक्षाकर्मीद्वारा नियन्त्रणमा लिइएको तिमल्सिनाले बताए।

सिन्धुपाल्चोक प्रशासनसँगको समन्वयमा विद्युत् प्रसारण लाइनका ठकेदार कम्पनीले नै ती मजदुरलाई सुरक्षितसाथ राख्ने सहमति भएअनुसार मजदुरलाई सिन्धुपाल्चोकनै फर्काइएको हो। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित जल्केनीमा तामाकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा खटेका उनीहरु बा३ख २५४६ नम्बरको कन्टेनर भ्यानमा चढेर धुलिखेल आएका थिए।

बिहान करिब आठ बजे जिल्ला सदरमुकाम धुलिखेलस्थित बस बिसौनीभन्दा केही तल अरनिको राजमार्गास्थित जंगल क्षेत्रमा कन्टेनर भ्यानले ती नागरिकलाई ओरालेको थियो। यसअघि गृह मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत यही जेठ १ गतेदेखि लागू हुनेगरी बन्दाबन्दीको समयका लागि एक जिल्लाबाट अर्को जिल्ला र जिल्लाभित्रका लागि जारी गरिएका सबै किसिमका पास र गरिएको रद्द गरिएको जानकारी गराएको थियो।

यसैबीच कोरोना भाइरसका कारण स्वासप्रस्वासमा समस्या भएपछि उपचारार्थ गत विहीबार राति ९ः३० बजे धुलिखेल अस्पताल आएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेको २९ वर्षीया सुत्केरी महिलाको गत सोही दिन राति मृत्यु भएपछि काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ। मध्यपूर्वी पहाडबाट काठमाडौँ राजधानी जाने अरनिको र बिपी दुई प्रमुख राजमार्ग हुन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad