राजनीति


लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश हुँदै

लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदमा पेश हुँदै

नेपालखबर
जेठ ४, २०७७ आइतबार ९:२९,

सरकारले अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालय स्रोतका अनुसार नापी विभागले तयार पारेको नक्सा आज (आइतबार) मन्त्रिपरिषदमा पेश गरिँदैछ। नक्सा तयार भइसकेको र आज भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा पेश गर्ने मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई बताए।

सरकारको नीति तथा कार्यक्रममासमेत नयाँ नक्सा सार्वजनिक गरिने प्रतिवद्धता उल्लेख गरिएको छ। सोही प्रतिवद्धताका आधारमा मन्त्रालयले नक्सा बनाउन तयारी थालेको हो।

गत मंसिर महिनामा भारतले लिपुलेकलगायतका क्षेत्रसहित आफ्नो नक्सामा सामेल गरेर सार्वजनिक गरेपछि नेपालमा पनि आफ्नो भूमिसहितको नयाँ नक्सा साजर्वजनिक गर्न जनस्तरबाट सरकारलाई दबाब दिइएको थियो। यद्यपी सरकारले कूटनीतिक माध्यमबाट समस्याकाे समाधान गर्ने बताउँदै आएकाे थियाे तर नेपालले गरेकाे वार्ता प्रस्तावलाई भारतले वेवास्ता गर्दै आएकाे छ।

हालै भारतले लिपुलेकमा सडक निर्माण गरेपछि सरकारलाई सो क्षेत्रसमेत समेटेर नक्सा जारी गर्न चौतर्फि दबाब परेको छ। सोही सन्दर्भमा सरकारले नीति तथा कार्यक्रममार्फत नक्सा सार्वजनिक गर्न प्रतिवद्धता जनाएको हो।

नेपालको हाल प्रचलनमा रहेको नक्सा र नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन।

मन्त्रिपरिषदले अनुमोदन गरेपछि नयाँ नक्सा सार्वजनिक गरिनेछ। मन्त्रिपरिषद बैठक आज साँझ ५ बजे बालुवाटारमा बस्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad