शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई दिएका विद्यार्थीलाई केन्द्रित गरेर ‘इन्स्पाएर सिरिज’ सुरु गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले एसईई दिएका विद्यार्थीलाई भविष्यको मार्गचित्र बनाउन सहयोग गर्ने उद्देश्यले सिरिज सुरु गरेको जनाएका छन्। यसमा विभिन्न क्षेत्रका सफल व्यक्तित्वले आफ्नो सङ्घर्ष र अनुभवका कथाहरू सुनाउने मन्त्री पोखरेलले बताएका छन्।
‘मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने यी सामग्रीहरूले तपाईँहरूलाई भविष्यको मार्गचित्र कोर्न र नयाँ सम्भावनाहरू खोज्न थप ऊर्जा दिनेछन् भन्ने मैले अपेक्षा लिएको छु। यो समयलाई रचनात्मक बनाउनुहोस् र आफ्नो क्षमता निखार्न तर्फ लाग्नुहोस् शुभकामना,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्।
मन्त्रालयले विभिन्न क्षेत्रमा सफल भएका व्यक्तिको सफलताको कथा भिडिओ बनाएर सार्वजनिक गर्ने जनाएको छ।
Shares

प्रतिक्रिया