अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५–७ वर्षभित्र देशको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन सकिने बताएका छन्। अन्तर सरकारी वित्त परिषदको बैठकमा बिहीबार उनले भने, ‘७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै १०० अर्बको अर्थतन्त्रको बनाउन सकिन्छ। १०० अर्ब डलरको शान नै अर्को हुन्छ नि देशको।’
७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने लक्ष्य राखेर काम गर्ने उनले बताए। ठूला आयोजना तथा निर्माणको काम निजी क्षेत्रलाई जिम्मा लगाएर पनि सकिने उनको भनाइ थियो।
‘सरकारको नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भनेर सोचिरहेको छ। यसरी काम गरे मात्रै अर्थतन्त्र १०० अर्बको बनाउन सकिन्छ’, उनले भने।
यो वर्षदेखि कुनै एउटा समूहले नीतिगत कब्जा गर्ने युग सकिएको उनले बताए। भने, ‘नीतिगत कब्जाको युग अब सकियो। सबैजना माथि जाने योजना ल्याउने हो।’
Shares

प्रतिक्रिया