ad ad

समाज


रौतहटमा थपिए १० कोरोना संक्रमित, देशभरको कूल संख्या २९१

रौतहटमा थपिए १० कोरोना संक्रमित, देशभरको कूल संख्या २९१

नेपालखबर
जेठ ४, २०७७ आइतबार १:४९,

रौतहटमा थप १० जना कोरोना संक्रमित देखिएका छन्।

स्वास्थ्य मन्त्रालयले आइतबार बिहान ७ः१५ बजे विज्ञप्ति जारी गरेर याे जानकारी दिएकाे हाे। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे स्वाबकाे पीसीआर परीक्षणमा राैतहटका १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे। 

थपिएका ती १० संक्रमितमा राैतहट राजापुर नगरपालिका-९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२ र ४८ वर्षका पुरुष र राैतहट इशनाथ नगरपालिका ३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष नै छन्। अहिलेसम्मकाे विवरणअनुसार उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरु स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे मन्त्रालयले जनाएकाे छ। 

यीसमेत नेपालमा काेराेना संक्रमण पुष्टि भएका व्यक्तिकाे संख्या २९१ पुगेकाे छ। जसमध्ये १ जनाकाे मृत्यु भएकाे छ भने ३६ जना निकाे भइसकेका छन्। 

b222

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .