ad ad

छापा खबर


उच्चपदस्थ सैनिक अधिकृतसहित नौ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

उच्चपदस्थ सैनिक अधिकृतसहित नौ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

नेपालखबर
जेठ ४, २०७७ आइतबार १:५४,

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीतर्फका गरी नौ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये एक जना नेपाली सेनाका उच्च तहका व्यक्ति छन्।

शनिबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार काभ्रे घर भई मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत २६ र ५२ वर्षीय सैनिकमा कोरोना संक्रमण पुष्टि भएको खबर आजको राजधानी दैनिकले छापेको छ।

संक्रमण देखिएका दुवै जना पुरुष हुन् । उनीहरूमध्ये एक जना उच्चपदस्थ सैनिक अधिकृत भएको स्रोतले जनाएको छ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले सोबारे प्रस्ट्याउन चाहेनन् । उनले दुवै जना नेपाली सेनामा कार्यरत रहेको पुष्टि गरे । उनले संक्रमित दुवै सैनिक यस बीचमा कहाँ–कहाँ पुगेका थिए भन्ने बारे छानबिन थालिएको जानकारी दिए।

यसैगरी, नेपाल प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले प्रहरीतर्फ तीन जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

प्रहरीतर्फ कपिलवस्तुमा कार्यरत नेपाल प्रहरीका सई, हबलदार र जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एक जवानमा संक्रमण देखिएको हो।

यसैगरी, सशस्त्र प्रहरीतर्फ पनि तीन जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा दुई जना र कपिलवस्तुमा एक जनामा संक्रमण देखिएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले जानकारी दिए।

उनीहरूमध्ये एक जनाको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, अर्काको टेकु र कपिलवस्तुमा उपचार भइरहेको छ । कपिलवस्तुमा संक्रमण देखिएका सशस्त्र प्रहरीका सई हुन् । संक्रमण देखिएका अर्का एक जना भने राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत असई हुन्।

उनीहरूमा गत बुधबार नै संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .