ad ad

छापा खबर


कोरोनाबाट मृत्यु हुने महिलाको शवकाे पोष्टमार्टम गरिएन

कोरोनाबाट मृत्यु हुने महिलाको शवकाे पोष्टमार्टम गरिएन

नेपालखबर
जेठ ४, २०७७ आइतबार १:२८,

कोरोना भाइरस संक्रमणका कारण नेपालमा पहिलो पटक एक व्यक्तिको ज्यान गएको छ। सिन्धुपाल्चोक बाह्रबिसे-९ राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु कोरोनाका कारण भएको पुष्टि शनिबार बेलुका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो।

ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैजाँदै गर्दा बिहीबार उनको मृत्यु भएको थियो।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको पोस्टमार्टम विशेष सावधानीका साथ गर्नुपर्छ। तर, ती महिलाको पोस्टमार्टम हुन सकेन। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतम र रोजन तामाङले लेखेका छन्।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा यो विषयमा खुलेनन् । ‘भक्तपुरबाट एम्बुलेन्स आयो, शव लिएर गयो’, डिस्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्यसमेत रहेका डा.झाले भने, ‘किन पोस्टमार्टम गरिएन भनेर मलाई नसोध्नुस्।’ मन्त्रालयका एक उच्च अधिकारीले भने संक्रमणको डरका कारण पोस्टमार्टम हुन नसकेको बताए।

ती महिलाको शव शनिबार राति काठमाडौंमा ल्याइएको थियो। कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव जथाभावी सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ।

शवलाई कमभन्दा कम चलाउनुपर्छ। शवलाई ‘डिसइन्फेक्ट’ गर्न भने आवश्यक छैन। शव लिएर काठमाडौं आएका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .