ad ad

समाज


स्वास्थ्य मन्त्रालयले भन्यो : धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरानासम्बन्धी परीक्षण भइरहेको छ

स्वास्थ्य मन्त्रालयले भन्यो : धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरानासम्बन्धी परीक्षण भइरहेको छ

नेपालखबर
जेठ ३, २०७७ शनिबार ११:२८,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोनासम्बन्धी परीक्षणहरु भइरहेको जानकारी दिएको छ।

ज्वरो स्वास्प्रस्वाससम्बन्धी समस्या देखिएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी ती महिलाको बिहीबार मृत्यु भएको थियो।

सोही अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको बताइए पनि मन्त्रालयले मृत्युको कारणबारे अध्ययन भइरहेको बताएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. विकास देवकोटाले अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना सम्बन्धी परीक्षणहरु भइरहेको र सम्पूर्ण नतिजा आएपछि जानकारी दिने बताए।

‘महिलाको मृत्युसम्बन्धी विस्तृत विवरणहरु लिइरहेका छौँ, कोभिड १९ सँग सम्बन्धित थप परीक्षण भइरहेका छन्’, उनले भने, ‘यो परीक्षको नतिजा र सम्पूर्ण विवरण प्राप्त भएपछि स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण मृत्यु भएको हो वा होइन भन्ने निक्र्यौल गरेर प्रशारण गछौँ।’

प्रवक्ता देवकोटाले ती महिाल वैशाख २३ सुतकेही हुनका लागि त्रिवि शिक्षण अस्पतालमा , भर्ना भएको २४ गते सुत्केरी भएको र २५ गते डिस्चार्ज भएको जानकारी अस्पतालले आफूहरुलाई दिएको जानकारी दिए।

 घर पुगेपछि ज्वरो आउनुका साथै स्वासप्रस्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा उपचार गराएको र समस्या बढ्दै गएपछि बिहीबार धुलिखेल स्पतालमा आएको जनाकारी आएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .