ad ad

समाज


भारत मध्य प्रदेशका नौ जिल्ला कोरोनामुक्त घोषित

भारत मध्य प्रदेशका नौ जिल्ला कोरोनामुक्त घोषित

नेपालखबर
जेठ ३, २०७७ शनिबार ११:२२,

मुख्य सचिव मोहम्मद सुलेमानले प्रदेश अन्तर्गतका नौ जिल्लालाई प्रदेश सरकारले कोरोनामुक्त जिल्ला घोषणा गरेको जानकारी दिए।

उनका अनुसार कोरोनामुक्त घोषित जिल्लाहरुमा बरवानी, अगर मलवा, शाजपुर, शेओपुर, अलिराजपुर, हार्डा, शाहडोल, टिकमगढ र बेटुल रहेका छन्।

शुक्रबार बसेको समिक्षा बैठकले ती जिल्लाहरुको अवस्थाका बारेमा समिक्षा गर्दै कोरोनामुक्त जिल्ला घोषणा गरेको हो।

यी जिल्लाहरुमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितहरु नदेखिए पनि कोरोनामुक्त जिल्ला घोषणा गरिएको उनको भनाइ छ। राज्यभरी कोरोना भाइरसको सङ्क्रमण भएको छ की छैन भनेर परिक्षण गर्ने क्रम अत्यधिक बढाइएको पनि सचिव सुलेमानले जानकारी दिए।

उनले शुक्रबार मात्रै थप पाँच हजार ८२२ जनाको स्वाब नमुना संकलन गरिसकिएको पनि बताए। यस प्रदेशमा अहिलेसम्म ९३ हजार ८४९ जनाको नमुन परिक्षण गरिएको थियो।

शुक्रबारसम्ममा प्रदेशभरी चार हजार ५९५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको अधिकारीहरुले जनाएका छन्। रासस/पिटिआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .