गएको २४ घण्टामा विभिन्न आठ जिल्ला भएका सवारी दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा तीन जना जना घाइते भएका छन्।
काठमाडौँको दक्षिणकाली नगरपालिका–८ चुत्राघारी पानी घाटस्थित सडकमा वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बि एबि ५२८१ नम्बरको कार अनियन्त्रित भई आइतबार बिहान दुर्घटना चालक काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वर बस्ने ३४ वर्षीय सुरज खड्काको घटनास्थलमै मृत्यु भएको छ।
यता, कैलालीको कैलारी गाउँपालिका–१ हसुलियास्थित सडकमा सुपप्र ०१–००१ च ३७५३ नम्बरको बलेरोले बा.२६ प ३०२७ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१९ फुलबारी गाउँ घर भएका २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बलेरो चालकलाई नियन्त्रणमा लिएको छ।
यस्तै, संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सडकमा तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को२ त ५३५४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ११ वर्षीय मनिष कुमालको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनकामना अस्पताल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार २ जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ। प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ।
यसैगरी, पर्साको वीरगन्ज महानगरपालिका–२२ स्थित सडकमा सिर्सियाबाट परवानीपुरतर्फ आउँदै गरेको ना६५ प ३३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–४ बस्ने ५३ वर्षीय बसन्त कुँवर देउलाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल गण्डक वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस्तै, तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित सडकमा बा.११ च ७३६५ नम्बरको पिकअपले ग.१९ प २९८८ नम्बरको स्कुटरलाई शनिबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–२ बस्ने पाँचथर घर भएका ३० वर्षीय गणेश खतिवडा र स्कुटरमा सवार ५५ वर्षीय कृष्ण बहादुर भुजेलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये गणेशको तनहुँ सेवा अस्पताल दुलेगौडा र कृष्णको जिएमसि अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिएको छ।
कपिलवस्तु, शिवराज नगरपालिका–६ पिपरीस्थित सडकमा लु१५ प ३१९९ नम्बरको मोटरसाइकल लु.१ क ५६०३ नम्बरको जेसिबिसँग ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ बरगदवा बस्ने ६० वर्षीय अरूल्ला मुसलमानको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले जेसीबी चालकलाई नियन्त्रणमा लिएको छ।
दोलखा, कालिन्चोक गाउँपालिका–३ एक्ले सल्लोस्थित सडकमा सिंगटीबाट बन्चरेतर्फ जाँदै गरेको बाप्र०१–००४ प ५४४० नम्बरको जेसिबि गए राति दुर्घटना हुँदा चालक रामेछाप मन्थली नगरपालिका–१२ गेलु बस्ने ३० वर्षीय विक्रम भन्ने सुगम पौडेल खत्रीको घटनास्थलमै मृत्यु भएको छ।
प्युठान, माण्डवी गाउँपालिका–५ रम्दिस्थित सडकमा ना८ ख २४२६ नम्बरको टिपरले लु५१ प २०९४ नम्बरको स्कुटरलाई आइतबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका–५ तिख्रे बस्ने ४८ वर्षीय याम बहादुर घर्तीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवार प्युठानमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
Shares

प्रतिक्रिया