नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलाभन्दा महाधिवेशनको तयारीमा लाग्न पूर्व संस्थापन पक्षधरलाई आग्रह गरेका छन्।
दाङमा आयोजित कांग्रेसको लुम्बिनी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे।
‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने, ‘महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ। म साथीहरुलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रीत गर्न आग्रह गर्छु ।’
महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको तताए। यसैले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने उनको भनाइ छ।
108
Shares

प्रतिक्रिया