समाज


गोरखपुर आउँदै गरेका २४ जना ‘प्रवासी कामदार’को मृत्यु, को हुन् ती?

गोरखपुर आउँदै गरेका २४ जना ‘प्रवासी कामदार’को मृत्यु, को हुन् ती?

नेपालखबर
जेठ ३, २०७७ शनिबार ७:२७,

भारतको उत्तर प्रदेश (युपी) मा शनिबार बिहान सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ। भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) का अनुसार गोरखपुर आउने क्रममा दुर्घटनामा परी मृत्यु हुनेहरु ‘प्रवासी कामदार’ हुन्।

नयाँ दिल्लीबाट गोरखपुर आइरहेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा उत्तर प्रदेशको औरैया जिल्लामा घटना भएको हो।

द प्रिन्ट अनलाइनका अनुसार ट्रकमा करिब ५० जनाले यात्रा गरिरहेका थिए। त्यही बेला अर्को ट्रकले ठक्कर दिँदा २४ जनाले ज्यान गुमाए। अरु ३६ गम्भीर घाइते छन्। उनीहरु राजस्थानबाट दिल्ली हुँदै गोरखपुर आइरहेका थिए।

युपीमा मारिने २४ जना को हुन्?
उत्तर प्रदेश नेपालसँग सीमा जोडिएको भारतीय प्रदेश हो। दुर्घटनास्थल औरियादेखि गोरखपुरसम्मको दूरी करिब ४५० किलोमिटर छ। गोरखपुर नेपाल-भारत आवतजावत गर्ने एउटा मुख्य भारतीय सहर हो। गोरखपुरदेखि भैरहवा करिब १०२ किलोमिटर छ।

समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियासहित भारतीय सञ्चार माध्यमहरुले मारिनेहरु 'प्रवासी' कामदार भएको मात्र भनेका छन्। प्रवासी भन्नुको मतलब मारिनेहरु त्यहाँका  होइनन्। उनीहरु कुन ठाउँका कामदार हुन्? को हुन् भन्नेबारे भारतीय प्रशासनले अहिलेसम्म केही खुलाएको छैन। सञ्चार माध्यमहरुले पनि उल्लेख गरेका छैनन्।

कानपुरका आइजी मोहित अग्रवाललाई भनेका छन्, ‘उनीहरुको साथमा परिचयपत्र र कागजात नहुँदा पहिचान गर्न कठिनाइ भइरहेको छ।’ कसलाई शव जिम्मा लगाउने प्रशासनले खोज गरिरहेको उनले जनाएका छन्। ‘घाइते मजदूरहरु ठिक भएपछि पहिचान गर्न सजिलो हुने आशा छ’, अग्रवालले आजतकसँग भनेका छन्।

युपीका मुख्यमन्त्री योगी आदित्यनाथले ‘प्रवासी कामदार’ मृत्युको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भन्दै छानबिन गर्न प्रशासनलाई निर्देशन दिएका छन्। ट्विट गर्दै उनले घाइतेहरुको उपचारका लागि पनि निर्देशन दिएको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad