हङकङमा कार्यकारी प्रमुखसँग महावाणिज्यदूत भट्टराईको बिदाई भेट, दिए ‘एड मेमो’

हङकङमा कार्यकारी प्रमुखसँग महावाणिज्यदूत भट्टराईको बिदाई भेट, दिए ‘एड मेमो’

मगेन्द्र राई
जेठ ३, २०७७ शनिबार ७:१५,

हङकङका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई र हङकङ सरकारका प्रमुख कार्यकारी क्यारी लामबीच भेटवार्ता भएको छ।

महावाणिज्यदूत भट्टराईले प्रमुख कार्यकारी लामसँग शुक्रबार उनकै कार्यलयमा भेटवार्ता गरेका हुन्।

सो भेटवार्तामा नेपालका तर्फबाट महावाणिज्यदूत भट्टराईले विभिन्न एजेन्डाहरु प्रस्तुत गर्दै त्यसमाथि छलफल गरी ‘एड मेमो’ समेत प्रमुख कार्यकारी लाम बुझाएका थिए। कूटनैतिक परम्पराअनुसार आफ्नो कार्यकाल समाप्त हुनुपूर्व दुई सरकार बिच पेन्डिङमा रहेका वा कार्यान्वयन हुन बाकी रहेका एजेन्डाहरु हातैले टिपोट गरी बुझाउने प्रचलनलाई ‘एड मेमो’ भन्ने गरिन्छ।

आफ्नो ४ वर्षे कार्यकाल समाप्त गरी नेपाल फर्कन लागेका भट्टराईले नेपालीहरुका लागि हङकङमा भिसा खुला गरिनु पर्ने, रोजगारीका लागि, कामका लागि अनुमति पाउनुपर्ने लगायतका विषयमा छलफल भएको बताए।

‘हामीले हङकङमा नेपालीहरुको लागि भिसा खुल्ला गरिनुपर्ने, वर्क पर्मिट पाउनुपर्ने लगायत नेपाल बाट मकाउमा रोजगारीमा जाने सिलसिलामा हङकङ ट्रान्जिट हुँदा अनिवार्य भिसा लिनुपर्ने झन्झट लगायत कुटनैतिक व्यक्तिहरुलाई अन एराइभल भिसा उपलब्ध गराउनु पर्ने एजेन्डाहरुबीच बुँदागत रुपमै छलफल गरेर टिपोट बुझायौँ’, नेपालखबरसँग कुरा गर्दै महावाणिज्यदूत भट्टराईले भने, ‘त्यस लगायत लकडाउनका कारण नेपालमा अल्झिएकाहरुलाई छिटो हङकङ आउन सहज वातावरण बनाइदिन तथा कोरोनाबिरुद्ध लड्न आपसी सहयोगको आदान प्रदान गर्ने विषयमा समेत छलफल गर्यौँ।’

भेटवार्तामा हङकङ सरकार नेपालप्रति सकारात्मक भएकोले छलफल फलदायी भएको भट्टराईले बताए। आफ्नो ४ बर्ष कार्यकाल समाप्त गरेर भट्टराई छिट्टै नेपाल फर्क‌ंदैछन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .