कोरोना भाइरसविरुद्ध खोप बने पनि नबने पनि अमेरिका लकडाउनमा नरहने त्यहाँका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।
खोप निर्माण अभियानलाई दोस्रो विश्व युद्धका बेला विश्वको पहिलो परमाणु हतियार बनाउने प्रयासजस्तै द्रुत गतिमा बढाइएको उनले बताएका छन्।
तर बनेन भने पनि अमेरिकी नागरिक सामान्य जीवनमा फर्किन थाल्नुपर्ने ट्रम्पको भनाइ रहेकाे अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
विश्वभर अहिले सयभन्दा बढी सम्भावित खोप विकास भइरहेका छन्। केही खोप तथा औषधि मानवमा परीक्षण पनि भइरहेका छन्।
3
Shares

प्रतिक्रिया