प्रहरीले नागरिकता सम्बन्धी कसुरमा एक जनालाई पक्राउ गरेको छ।
नक्कली नागरिकता सम्बन्धी कसुरमा जिल्ला अदालत रौतहटबाट पक्राउ पूर्जी जारी भएका बाबुनन चौधरी कलवारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकीबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि रौतहट पठाइएको एसपी मनोहरप्रसाद भट्टले बताए।
भारत बिहारको जग्गाधनी पूर्जा भएका बाबुनन चौधरीले नेपालमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट झुटा विवरण पेश गरी नागरिकता लिएको आरोप छ।
450
Shares

प्रतिक्रिया