समाज


बस र बोलेरोसँगै अटो ठोक्किँदा १५ जना घाइते

बस र बोलेरोसँगै अटो ठोक्किँदा १५ जना घाइते

नेपालखबर
चैत २१, २०८२ शनिबार १९:७, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिका-१ आँपटारी चोकमा तीन वटा सवारीसाधन एक-आपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्। 

शनिबार मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ग १ ख ९९२५ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु १ च ८५५२ नम्बरको बोलेरो आँपटारी चोकमा एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए। उनका अनुसार, त्यही पछाडिबाट आएको बा प्र. ०३-००१ ह २५४८ नम्बरको अटो पनि ठोक्किएको हो। 

तीन वटा सवारी साधन ठोक्किँदा दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये १४ जना बसमा सवार यात्रु रहेका छन्। एक जना अटोचालक घाइते भएका छन्। 

घाइतेहरूमध्ये सात जनाको भरतपुर अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको नेस्नल सिटी अस्पतालमा उपचार भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको डीएसपी खनालले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad