समाज


लमजुङमा बोलेरो दुर्घटना, दुई यात्रुको मृत्यु

लमजुङमा बोलेरो दुर्घटना, दुई यात्रुको मृत्यु

नेपालखबर
चैत २१, २०८२ शनिबार १९:२०, काठमाडौँ

लमजुङको मर्स्याङ्दी गाउँपालिका-७, उस्ताबेंसीमुनि बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

शनिबार बेंसीसहरबाट मर्स्याङ्दी-७ छिनखोलातर्फ जाँदै गरेको ग १ ज ६४७० नम्बरको बोलेरो दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार, बोलेरो घुमाउरो सडकबाट करिब ५० मिटर तल खसेको छ। 

दुर्घटनामा मर्स्याङ्दी गाउँपालिका-७ उस्ताकी ४० वर्षीया त्रिवेणी घले र ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। घाइते भएका दुवै जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। 

त्यस्तै, दुर्घटनामा घाइते भएकामध्ये उस्ताकै ४० वर्षीया विमलादेवी घले, ३३ वर्षीया रिता गुरुङ र ७ वर्षीय सफल गुरुङलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाईएको छ

यसैगरी, ६२ वर्षीय सन्तबहादुर घर्ती, २९ वर्षीय करण अधिकारी, ४८ वर्षीय रुद्रमान घले, १० वर्षीया प्रिशिका गुरुङ र ३८ वर्षीय सोमलाल तामाङको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए। 

दुर्घटना घाइते भएकामध्ये ३१ वर्षीय प्रकाश गुरुङ, १४ वर्षीय विमान घले, ९ वर्षीय इन्द्र घले र ११ वर्षीय रितेश गुरुङको अवस्था सामान्य रहेको छ। उनीहरूको पनि प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad